• समाचार

    कटुवा पेस्तोलसहित एकजना पक्राउ

      ओमकार टाइम्स

    काठमाडौं- कटुवा पेस्तोलसहित रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।

    तिलोत्तमा नगरपालिका–१४, दुर्गानगरबाट एकथान कटुवा पेस्तोलसहित सोही नगरपालिका विन्दुनगर बस्ने २८ वर्षीय सन्दीप थापालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

    वडा प्रहरी कार्यालय भैरहवा र प्रहरीचौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त हतियारसहित फेलापारी पक्राउ गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस