• पत्र-पत्रिका

    आगामी निर्वाचनमा एमालेले अत्याधिक बहुमत ल्याउँछ : ओली

      ओमकार टाइम्स

    काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशभरि नै एमाले प्रवेशको लहर चलिरहेकाले आगामी निर्वाचनमा एमालेले अत्याधिक बहुमत ल्याएर सरकारमा जाने दाबी गरेका छन् । एमाले निकट अखिलले बुधबार काठमाडौंमा गरेको अखिल साँझ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशभरमा विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रममा बुधबार मात्रै नेपालगन्जमा ४ हजारभन्दा बढी मानिसलाई आफैंले एमालेमा प्रवेश गराएको बताए ।

    अध्यक्ष ओलीले राष्ट्रियता संरक्षण गर्दै लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास एमालेले मात्रै गर्न सक्ने दाबी गरे । ओलीले एमालेले मुलुकको विकास र समृद्धिका लागि अघि सारेको अवधारणालाई आम नेपालीले मन पराएर साथ दिएको बताए । उनले वर्तमान गठबन्धन सरकारले जनविरोधी कार्य गरेकाले निर्वाचनमा जनताले त्यसको सजाय दिने बताए ।

    एमाले अध्यक्ष ओलीले एमालेको सरकारका पालामा सुरु भएको विकास निर्माणका कार्यलाई वर्तमान सरकारले रोक्ने काम गरेको र सरकारको सो चरित्र विकास विरोधी भएको आरोप लगाए । कार्यक्रममा अखिलको संयोजनमा विभिन्न राष्ट्रिय कलाकारले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।याे समाचार राजधानी दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस