• खेलकुद

    न्युजिल्यान्डविरुद्धको पहिलो टी-२० मा भारत विजयी

      ओमकार टाइम्स

    काठमाडौँ : न्युजिल्यान्डविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति घरेलु टोलीले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो। जयपुरमा भएको खेलमा जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

    यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितका लागि भारतका भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले ४८ रन जोडे भने केएल राहुलले १५ रनको योगदान गरे। श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए । ऋषव पन्त १७ र अक्षर पटेल १ रनमा अविजित रहे। न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए।

    न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले । गुप्टिलले ७० तथा मार्कले ६३ रन बनाए। भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए। दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए। जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ। दोस्रो खेल भोलि हुनेछ।

    प्रतिकृया दिनुहोस