• विदेश

    वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

      ओमकार टाइम्स

    काठमाडौँ : वायु प्रदूषण बढेपछि भारतको राजधानी दिल्लीमा स्कुलरकलेज अनिश्चितकालका लागि बन्द गरिएको छ। वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् । साथै सबै सरकारी कार्यालयहरुसमेत बन्द गरी घरबाटै काम गर्ने व्यवस्था गरिएको छ।

    यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ । वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा धेरै पुगेको बताइएको छ, जुन गम्भीर अवस्था हो ।

    एयर क्वालिटी इन्डेक्स ९एक्यूआई०का अनुसार शून्यदेखि ५० सम्मको स्थितिलाई राम्रो र ५१ देखि १०० बीचकोलाई सन्तोषजनक मानिन्छ । वायु प्रदुषणका कारण केही विद्यालयहरू गत सातदेखि नै बन्द भएका थिए । दिल्ली सरकारले वायुको गुणस्तर सुधार गर्न लकडाउन गर्ने सोचिरहेको बताएको थियो । गाडिजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारकहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएका छन् । छिमेकी राज्यहरूमा किसानले पराल जलाउने भएकाले विशेषगरी हिउँद याममा हावा विषाक्त हुने गर्छ । दिवालीमा पटका पड्काउने कार्यले पनि वायु प्रदूषण गर्न सघाउ पुर्याउँछ । हावाको मन्द गति पनि वायुमण्डलमा प्रदूषण रहिरहने अर्को कारण हो ।

    प्रतिकृया दिनुहोस