• अर्थ

    २०० रुपैयाँले बढ्यो सुनको मूल्य

      ओमकार टाइम्स

    बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।

    गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस