• समाचार

    अश्लील बोल्दै वकिलमाथि बार परिसरमै गाली र धम्की !

      ओमकार टाइम्स

    काठमाडौं — अश्लील बोल्दै कानून व्यवसायीमाथि अपरिचित व्यक्तिले गाली र धम्की दिएका छन् ।

    बिहीबार नेपाल बार एशोसिएसनको कार्यालय परिसरमै आएर ती अपरिचित व्यक्तिले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध आन्दोलित कानून व्यवसायीमाथि अश्लील बोल्दै गाली र धम्की दिएका हुन् ।

    उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिए ।

    कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि उनीहरू त्यहाँबाट भागेका थिए । उनीहरू को हुन् खुलेको छैन ।

    कानून व्यवसायीहरुले उनीहरू प्रधानन्यायाधीश जबराले आन्दोलन कमजोर पार्न पैसा दिएर खटाएका ‘परिचालित भिजिलान्ते’ भएको बताएका छन् ।

    प्रहरीले धम्की र गाली दिने उनीहरुलाई नियन्त्रणमा भने लिएन ।

    प्रतिकृया दिनुहोस