• मुख्य

    २९९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं । नेपालमा आज २९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५१ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार आज ७ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो ।

    यस्तै आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार आज २६० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिले देशभरी ७ हजार ६४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस