• सम–सामयिक

    आजको मौसम : वर्षा र हिमपातको सम्भावना

      ओमकार टाइम्स

    काठमाडौँ : आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले जनाए अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको छ ।

    आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक देखी सामान्य बदली रहने छ । आज राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक सामान्य बदली रहने छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

    प्रतिकृया दिनुहोस