• समाचार

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

      ओमकार टाइम्स

    भैरहवा, मङ्सिर ३ गते। कोरोनाका कारण राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी भएकोे छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउनेहरू
    घटेका छन्।
    आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन्। यो सङ्ख्या आर्थिक वर्ष २०७५/७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६/७७ मा भन्दा एक हजार ५४८ ले कमी हो।

    आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए। जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन्।
    सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन्।

    प्रतिकृया दिनुहोस