• मुख्य

    ८ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस

      ओमकार टाइम्स


    काठमाडौँ- प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमल्सिनासहित अन्य आठको बढुवा भएको छ ।

    एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना बढुवा हुनबाट छुटेका थिए । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाट रहेका छन् ।

    प्रहरी नियमावलीअनुसार उनीहरुविरुद्ध उजुरबाजुर नपरे उनीहरुको स्वतः बढुवा हुनेछ ।

    प्रतिकृया दिनुहोस