• समाचार

    २४ दिनपछि इजलास फर्कदै न्यायाधीश, प्रधानन्यायाधीशले तोके इजलास

      ओमकार टाइम्स

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरू आज इजलास फर्कदै छन् ।

    उनीहरू २४ दिनपछ इजलास फर्कन लागेका हुन् । प्रधानन्यायाधीशले आज १० वटा इजलास गठन गरेका छन् । उनले आफूलाई इजलासमा राखेका छैनन् ।

    सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने प्रक्रिया सुरु हुने भएपछि इजलास फर्किन तयार भएका हुन् ।

    सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)ले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका हिजो स्वीकृत गरेको थियो ।

    यता प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले छेडेको आन्दोलन भने अब तुहिने सम्भावना प्रबल बन्दै गएको छ ।

    प्रतिकृया दिनुहोस