• अर्थ

    सुनचाँदीकै मूल्य सामान्य घट्यो

      ओमकार टाइम्स

    नेपाली बजारमा आज (शुक्रबार) सुन १ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन सुन ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो तेजाबी सुन ९४ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ ।

    आज चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस