• मुख्य

    नेकपा एमाले इतिहासको विषय बन्दै छ : अध्यक्ष नेपाल

      ओमकार टाइम्स

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो ।

    समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।

    एक फरक प्रसङ्गमा उहाँले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताउनुभयो । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उहाँले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छाँै ।” नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उहाँले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस