• मुख्य

    पूर्वमाओवादी नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छः नेम्वाङ

      ओमकार टाइम्स

    काठमाडौं । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमालेको १०औँ महाधिवेशन १०—१२ मंसिरमा चितवनमा हुँदैछ ।

    एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

    ‘हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनौँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छौँ । तर, पनि बोलिचालीको भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ,’ उनले भने, ‘त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।’

    उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ ।

    प्रतिकृया दिनुहोस