• देश

    प्रचण्डपत्नी सीतालाई निको नहुने रोग लागेको खुलासा..हेर्नुहोस् यस्तो रहेछ रोग !

      ओमकार


    काठमाडौ । नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएरसमेत स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड परिवारसहित पाँच महिनाअघि अमेरिका पुगेका थिए ।

     

    अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार पश्चात उनलाई निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) लागेको पत्तो लागेको थियो ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ ।

     

    सीताले लामो समयदेखि सुगर तथा अन्य दीर्घ रोगहरुको औषधि खाइरहेकी थिइन् । सुगरले गलाएका कारण उनी बेला-बेलामा बिरामी परिरहन्थिन् । तर, यति घातक रोग ‘पीएसपी’ लाग्छ भनेर कसैले अनुमान गरेका थिएनन् ।

     

    लगभग १६ महिनाअघि सीतालाई लिएर प्रचण्ड सिंगापुर प्रस्थान गरे । सिंगापुर पुग्नुअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्वीर सार्वजनिक भयो । छेउमा बसेका प्रचण्ड निराश देखिन्थे ।

     

    सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबर त्यतिबेलै बाहिरिएको थियो । तर, त्यतिबेला उनलाई ‘पीएसपी’ रोगले च्यापेको सार्वजनिक भइसकेको थिएन ।

     

    सिंगापुर पुगेपछि सीताले पानीमा डुबुल्की मारिरहेको केही तस्वीर सार्वजनिक भए । त्यहाँका डाक्टरहरुले ‘सीतालाई पार्किन्सनको लक्षण देखिएको’ बताएका थिए ।त्यसलगत्तै गत कात्तिकमा प्रचण्ड सीतालाई लिएर तातोपानीको कुण्डमा नुहाउन म्याग्दी पुगे ।

     

    त्यहाँबाट पनि तातोपानीमा डुबुल्की मारेको तस्वीर सार्वजनिक भयो । त्यसपछि सीताको स्वास्थ्य अवस्थाबारे फेरि चर्चा भयो ।

     

    त्यस्तै सात महिनाअघि सीतालाई धापाखेलस्थित सुमेरु अस्पतालको आईसीयुमा एक सातासम्म राखियो । उनका निजी चिकित्सक डा. युवराज शर्माले विभिन्न रोगका कारण उनी थलिएको बताएका थिए । सीताको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएको उनले जानकारी दिएका थिए ।

     

    यसरी पटक-पटक श्रीमती बिरामी भएर हैरान भएका प्रचण्डले अमेरिका पुगेपछि बल्ल सीतालाई ‘पीएसपी’ भएको थाहा पाए । त्यसयता प्रचण्डले राजनीतिसँगसँगै परिवारलाई पनि समय दिन थालेको देखिन्छ ।

     

    के हो पीएसपी ?

    अमेरिकाको नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक ९एनआईएनडीएस० का अनुसार, पीएसपीले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ । पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो । मस्तिष्कका स्नायु कोष ९नर्भ सेल० क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रुपमा कमजोर बनाउँछ ।

    विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी अत्यन्तै कम मानिसहरुलाई देखिन्छ । यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।पीएसपीले मानिसहरुलाई हिँड्न गाह्रो बनाउने, निद्रा नलाग्ने र मष्तिष्कमा रक्त सञ्चार बन्द गराउनेसमेत गर्छ । वेभमेडका अनुसार यो रोग लागेपछि बानी ब्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्न मन लाग्छ ।

     

    पीएसपीको बिरामीलाई किन पानीमा डुबुल्की मार्नु पर्ने ?

    चिकित्सकहरूका अनुसार मनतातो पानीमा डुबुल्की मार्दा हाडजोर्नी, नशा र अन्य मानसिक रोगहरुको लागि प्रभावकारी हुन्छ । यस्तो उपचार पद्दतिलाई ‘हाइड्रोथेरापी’ उपचार भनिन्छ ।

     

    फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकालका अनुसार हाइड्रोथेरापी उपचार पद्दतिमा औषधि प्रयोग हुँदैन । यो उपचार पद्दतिबाट शरीरको कडापन कम भएर दुखाइ कम हुने सम्भावना बढ्छ । उनी भन्छन्, ‘शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीले नियन्त्रण गर्छ ।’

    ढकालका अनुसार नशाको रोग मात्रै हैन, अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि ‘रिल्याक्स’ फिल गराउनको लागि हाइड्रोथेरापी गरिन्छ । हाइड्रोथेरापी’ ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन प्रभावकारी हुन्छ ।

     

    शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासनसमेत गर्छ । शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो । र, यसले कुनै साइड इफेक्ट गर्दैन ।

     

    के पीएसपीले मानसिकरुपमा प्रभाव पार्छ ? उपचार के त ?

     

    वेभमेडका अनुसार यो रोग लागेका मानिसहरुलाई आफूले के बोलिरहेको छु भन्ने पनि थाहा हुँदैन । आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ । यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्नु हुँदैन ।

     

    यो रोग लागेपछि पूरै निको हुने उपचार पद्दति र औषधि बनिसकेको छैन । यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

     

    लामो समयदेखि ‘पीएसपी’बाट पीडित भएकै कारण प्रचण्डपत्नी सीताले आफूलाई सम्हाल्न सकिरहेकी छैनन् । उनको जटिल रोगलाई हेर्ने चिकित्सकले भनेका छन् कि उनको रोग निर्मूल पार्न सकिन्न । तर, औषधिको माध्यमबाट तत्काल नियन्त्रण गर्न भने सकिन्छ ।चिकित्सकहरुले पीएसपीका लागि ‘सिनमेट’ भन्ने औषधि सिफारिस गरेका छन् ।

     

    सिनमेटमा ‘लेभोडोपा’ नामक ‘डोपोमाइन’ हुनाले हातखुट्टा बाउँडिने समस्यालाई यसले कम गर्छ । त्यस्तै ‘एण्टिडिप्रेसान्ट’ स्लिपिङ पिल्सले बिरामीलाई निदाउन सहयोग गर्छ भने दुखाइ कम गर्न मद्दत गर्छ ।

     

    एनआइएनडीएसका अनुसार यो रोगले सुरुवाती चरणमा शरीरको चाल बिगारिदिन्छ । त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ ।

     

    रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि नहुने हुन्छ । वेभमेडका अनुसार यी औषधिले रोग निर्मुल पार्ने होइन, समस्याहरु तत्काललाई समाधान गर्ने मात्र हो ।यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ ।

     

    सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरुमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।

     

    रोगले च्याप्दै लग्दा ठोस बस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्सका जस्ता समस्यासमेत आउने डाक्टरहरुको भनाइ छ ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस