• खेलकुद

    म्युनिख अग्सवर्गसँग २-१ ले पराजित

      ओमकार टाइम्स


    जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख सिजनको दोस्रो हार भोग्न बाध्य भएको छ। शुक्रबार राति भएको खेलमा म्युनिख अग्सवर्गसँग २-१ ले पराजित भयो।यसअघि बार्यन सिजनको पहिलो हार भोग्ने क्रममा गत अक्टोबरमा बौरिसिया मग्लाडवाचसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

    अग्सवर्ग घरेलु मैदानमा जित निकाल्ने क्रममा पहिलो हाफमानै २ गोलको अग्रता बनाउन सफल भयो। २३औं मिनेटमा म्याड्स भ्यालेन्टिन पेडेरसिनको गोलबाट अग्रता लिएको उसले ३६औं मिनेटमा आन्द्रे हानले गोलमा अग्रता दोब्बर बनायो ।

    ३८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने प्रयास गरे। तर‚ त्यसपछि दुबै टिमबाट थप गोल हुन नस्कदा बार्यन पराजित रह्यो। यद्दपि‚ दुवै टिमले दोस्रो हाफमा गोलका राम्रा मौका चुकाएका थिए ।

    जितपछि अग्सवर्ग १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा रहेको छ। पराजित बायर्न १२ खेलबाट ९ जित १ बराबरी र २ हार भोग्दै २८ अंक जोडेर शीर्षस्थानमा कायम छ। उसलाई एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डले २४ अंकका साथ पछ्याइरहेको छ। डर्टमुन्डले आज स्टटगार्टसँग प्रतिस्पर्धा गर्दैछ।

    प्रतिकृया दिनुहोस