• समाचार

    भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

      ओमकार टाइम्स

    भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुर सुर्यविनायकमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थायी घर भई काठमाडौँ कलङ्कीमा बस्दै आएका २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

    राष्ट्रिय वाणिज्य बैङ्क अघि टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइडरसँग ठक्कर खाएर टिपरको पछाडि चक्कामा परेपछि मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए ।

    बागमती प्रदेश ०२–०३० प ०१६८ नं को मोटरसाइकलले सँगै सोही रुटमा जाँदै गरेको प्रदेश नं.३–०१–००३ क ७८५१ नं.को टिपरलाई दाहिने साइडबाट ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

    उनको भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना भई तामाङको मृत्यु भएको हो ।

    दुवै सवारी साधन र टिपर चालक काभ्रे मण्डनदेउपुर १० घर भई हाल काठमाडौँ चाबहिल बस्ने वर्ष २८ को सोम बहादुर लामालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस