• राजनीति

    प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे के भयो सहमति ?

      ओमकार टाइम्स

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच शनिबार प्रचण्ड निवास खुमलटारमा भएको हो । भेटका लागि विप्लव खुमलटार पुगेका थिए ।

    पछिल्लो समय प्रचण्ड र विप्लवले पार्टी एकता हुने अभिव्यक्ति दिँदै आएका बेला शनिबार भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सो भेटमा सहकार्य र पार्टी एकताबारे सकरात्मक छलफल भएको बताइएको छ । दुई पार्टीबीच तत्काल सहकार्य गर्ने र विभिन्न चरणमा वार्ता गर्दै पार्टी एकता गर्ने सहमति भएको खुमलटार स्रोतले जनाएको छ ।

    उक्त भेटवार्ताका प्रचण्ड र विप्लवसँग प्रर्वसभामुख कृष्णबहादुर महरा मात्रै थिए ।

    प्रतिकृया दिनुहोस