नयाँ दिल्ली । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार प*क्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।
माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा ह*त्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीबलाई भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट प*क्राउ गरिएको भारतीय अधिकारीहरूले एएफपीलाई बताएका छन् ।
उहाँ भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उहाँलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताउनुभयो ।
अदीबलाई यमीन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै वेला ह*त्या प्रयास र विभिन्न भ्र*ष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाई हुने तयारी रहेका समय भारत प्रवेश गरेको अनुमान गरिएको छ । अदीब गत बर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभएको थियो ।
नाम उल्लेख नगर्ने शर्तमा भारतीय एक अधिकारीले भने, गलत प्रबेशद्वारबाट भारत आउन खोजेका अदीबसँग भारत प्रबेश गर्ने क्रममा राहदानी नरहेको भेटेपछि उहाँलाई प*क्राउ गरिएको हो ।
यसैबीच माल्दिभ्सको प्रहरीले अदीबलाई उहाँविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल शुरू गरिएको बताएको छ ।
उहाँमाथि यमीनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागतरूपमा फिर्ता ल्याउने पहल गरिनेछ ।
हामी अहिले छिमेकी मुलुक भारतसँग अदीबलाई भारत फिर्ता गर्न सम्पर्क गरिरहेका छौँ, माल्दिभ्स प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
माल्दिभ्स प्रहरीका अनुसार अदीबले बुधबार उहाँमाथि परेको मुद्दाबारे आफ्ना भनाई राख्नुपर्ने तालिका रहेको थियो तर उहाँ सम्वन्धित निकायमा उपस्थित हुनुभएन । माल्दिभ्स सरकारले अदीबको पासपोर्टलाई अनुसन्धानका क्रममा जफत गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस