• विदेश

    पाकिस्तान : खाली घरमा बालकको शव फेला, यौन दुर्व्यवहारपछि हत्या

      एजेन्सी

    पाकिस्तानको सिन्धु प्रान्तमा यौन दुर्व्यवहारपछि  एक बालकको विभत्स तरिकाले हत्या भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउँसो एउटा खाली घरमा फेला परेको थियो ।

    गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक हराएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी हरायो भन्ने बारेमा पत्तो नै पाएनौ,’ बालकका एक आफन्तको भनाई उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ ।

    ११ वर्षीय बालकको हत्याअघि उनलाई यौन दुर्व्यवहार भएको एक प्रहरी अधिकारीले बताएका छन् । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौन दुर्व्यवहार भएको यो दोस्रो घटना हो ।

    पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौन दुर्व्यवहार हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस