• समाचार

    जबराको राजीनामा माग्दै सर्वोच्चमा कानुन व्यवासायीको विरोध धर्ना जारी

      ओमकार टाइम्स

    काठमाडौं — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियशनलगायत कानुन व्यवसायीहरुले निरन्तर गर्दै आएको विरोध प्रदर्शन आइतबार पनि जारी छ ।

    आज पनि सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

    विरोध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीद्वारा देशव्यापीरुपमा यस मुद्दामा सहभागी हुन कानुन व्यवसायीमा आव्हान समेत गरिएको छ ।

    सर्वोच्चको मूल गेट अगाडि निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक द्वारबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस