• समाचार

    सुर्खेत विमानस्थल २५ दिन बन्द हुँदै

      ओमकार टाइम्स

    सुर्खेत । धावनमार्ग मर्मतसम्भार गर्नका लागि सुर्खेत विमानस्थल २५ दिन बन्द गरिने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

    विमानस्थलको धावनमार्गमा ओभर—ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताए । ‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं’, उनले भने  ‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

    विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ ।

    सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस