• मुख्य

    २३८ संक्रमित थपिँदा ३७० निको, १ जनाको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं — नेपालमा थप २३८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    ९ हजार १२३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमति थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३७० संक्रमित निको भएका छन् । हालसम्म ९७.७ संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै, आइतबार १ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या ११ हजार ४९६ पुगेको छ ।

    हाल देशभर ७ हजार १६४ सक्रिय संक्रमित छन् ।

    प्रतिकृया दिनुहोस