• राशिफल

    आजको राशिफल : २०७८ साल मंसिर ६ गते सोमबार

      ओमकार टाइम्स

    आज मिति २०७८ साल मंसिर ६ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर २२ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष ।तिथि तृतिया, ११:४४ । बजे उप्रान्त चतुर्थी । नक्षत्र मृगराशि, ९: २५ बजे उप्रान्त आर्दा । योग । साध्य, ३०:०० बजे उप्रान्त शुभ ।

    मेष : सोचेअनुसार कार्य सम्पन्न हुनेछन् । नयाँ विचार तथा उत्साहजनक सफलता प्राप्तको मार्गमा अगाडी बढिनेछ । अध्ययनमा केहि बाधा आउनेछन् ।

    वृष : आफन्तको घरमा शुभकार्यमा सहभागी भइनेछ । मध्यान्हदेखि चिसोले दुःख दिन सक्नेछ । राजनैतिक प्रतिस्पर्धा गर्नुपर्नेछ । मनमा भने हिम्मत हराउने छैन ।

    मिथुन : पारिवारिक तथा प्रेमसम्बधी उत्पन्न समस्याले गर्दा मध्यान्ह सम्म निकै मनमा खिन्नता आउनेछ । व्यापारव्यवसायमा मनग्य आम्दानी हुनेछ।

    कर्कट : सम शत्रु भएतापनि प्रेमिकाको सहयोगले कुनैपनि विगार गर्नसक्ने छैनन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ ।

    सिंह : बोलीको प्रभाव बढ्नेछ । मेहनतले आम्दानीको स्रोत बढ्नेछ, भने प्रशस्त मात्रामा पानी पिउनुहोला पेटसम्बन्धी सामान्य समस्या आउने देखिन्छ ।

    कन्या : आर्य आर्जनका श्रोतहरू बढ्नेछन् । वैदेशिक कार्य तथा यात्रा बन्नेछन् । रोकिएको कार्य आगाडी बढ्नेछन् । गोपनीयता राख्नुहोला ।

    तुला : प्रेमप्रेमिका विच विवाद उत्पन्न हुनेछ । झुटो आरोपको सामना गर्नुपर्ने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । कृषकहरुको आयश्रोत बढ्नेछ ।

    वृश्चिक : आर्थिक समृद्धिको बाटोमा अगाडि बढिनेछ । व्यस्तताले गर्दा पारिवारिक भेटघाटका लागि जानु विर्सिने हुदा पत्नीसंग विवाद हुनेछ । स्वास्थ्यले साथ दिनेछ । प्रेमिका संगको मिलनले उत्साह थपिने छ ।

    धनु : आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेमिका तथा प्रेम विचको सम्बन्ध निकै विवादित हुनेछ । कम बोल्नु नै कल्याण कारक हुनेछ । आर्थिक क्षेत्रमा भने सफलता मिल्नेछ ।

    मकर : लामोयात्रा तथा महत्वपूर्ण भेटघार हुनेछ । राजनैतिक परिवर्तनकारी आन्दोलनमा सहभागी भईनेछ । व्यपार व्यवसाय देखि मनग्य आम्दानी हुनेछ । प्रेम प्रेमिका विचको विवाद मिल्नेछ ।

    कुम्भ : बोलीको प्रभाव बढ्नेछ । रोकिएका कार्यहरू बन्नाले आर्थिक सहजता प्राप्त हुनेछ। राजनैतिक सफलता प्राप्त हुनेछ । केहि शत्रुबद्ने छन् ।चनाखो हुनुहोला ।

    मीन : नसोचेको सफलता मिल्नाले आर्थिक क्षेत्रमा निकै सुधार हुनेछ । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । सन्ध्याकालमा टाउको दुखाई बद्न सक्नेछ । प्रेमप्रस्ताव आउनेछ । मित्रदेखि सहयोग मिल्ने छ ।

    प्रतिकृया दिनुहोस