• समाचार

    सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको जलेर मृत्यु

      ओमकार टाइम्स

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो ।

    मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । उनीहरू खेल्न गएका बेला आगलागीमा परेका थिए ।

    प्रतिकृया दिनुहोस