• मुख्य

    एमाले स्थायी कमिटी बैठक जारी

      रासस

    दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक अहिले जारी छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशन व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम, प्रतिनिधि छनोट, निर्वाचन अयोगको कामलगायतका विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

    एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

    प्रतिकृया दिनुहोस