• समाचार

    जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

      ओमकार टाइम्स

    झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो ।

    उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

    घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस