• मुख्य

    एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रम सुरु

      ओमकार टाइम्स

    चितवन : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको कार्यक्रम सञ्चालक तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यक्रम निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलोगरि महाधिवेशन सुरु भएका हो ।

    कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । महाधिवेशन स्थलमा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतको विभिन्न दलका नेता विदेशी प्रतिनिधि उपस्थित भएका छन्। । विभिन्न स्थानबाट झाँकीसहित र्‍यालीहरू कार्यक्रम स्थलतर्फ आउने क्रम पनि जारी रहेको छ । चितवनका विभिन्न सात स्थानबाट र्‍याली कार्यक्रमस्थलमा पुगिरहेका छन् । करिव २२ सय महाधिवेशन प्रतिनिधिसहित एमालेका नेता कार्यकर्ताको महाधिवेशनमा सहभागीता रहेको छ।

    मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको बन्द शत्र शनिबारदेखि चितवनको सौराहामा सुरु भएको हो। महाधिवेशन २४१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न हुने छ। बन्द शत्रपछि नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ।

    प्रतिकृया दिनुहोस