• खेलकुद

    विश्वकप एसिया छनोटः नेपालले मलेसियालाई ६ विकेटले हरायो

      ओमकार टाइम्स

    काठमाडौं — आइसीसी टी २० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई शुक्रबार ६ विकेटले पराजित गरेको छ ।

    दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।

    मलेसियाका लािग एलसा हन्टरको ३९, मास इलिसाले १४ र युसरिना याकोपले १२ रन बनाइन् ।

    बलिङमा सबनम राईले दुई, कविता कुवँर, सिता रानामगर र रुविना क्षेत्रीले एक–एक विकेट लिइन् ।

    ९२ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले १८ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

    नेपालका लागि सिता रानामगरले ३०, कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवँरले १० रन बनाइन् ।

    जारी छनोटमा नेपालको लगातार तेस्रो जित हो । यो जितसँगै नेपालले चार खेलमा ६ अंक बनाएको छ ।

    योसँगै नेपालले ग्लोबल छनोटमा स्थान बनाउने संभावना कायमै राखेको छ ।

    प्रतिकृया दिनुहोस