• समाचार

    २७० संक्रमित थपिँदा ३०२ निको, २ जनाको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं — पछिल्लो २४ घण्टामा २७०  संक्रमित थपिएका छन् ।

    १० हजार ४४६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा ३०२ संक्रमित निको भएका छन् । हालसम्म ९७.७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

    शुक्रबार २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८पुगेको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ७ हजार २८७ सक्रिय संक्रमित छन् ।

    प्रतिकृया दिनुहोस