• खेलकुद

    ‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

      ओमकार टाइम्स


    काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने आजको पहिलो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।

    जारी प्रतियोगितामा च्यासल तालिकाको पुछारमा रहेको छ भने एपीएफ ११ औं स्थानमा रहेको छ ।आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा हुनेछ ।

    आठ पटकको विजेता मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने हिमालयन १ अंक जोडेर सातौं स्थानमा छ।

    प्रतिकृया दिनुहोस