• राजनीति

    एमाले महाधिवेशः अध्यक्षका दाबेदार भीम रावललाई पर्चा नै बाँड्न दिइएन

      ओमकार टाइम्स

    चितवन — नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्र परिसरमा अध्यक्षका दाबेदार भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ ।

    महाधिवेशनको बन्दसत्र परिसरमा खटिएर स्वयमसेवकले रावलको पर्चा बाँड्न रोक लगाएका हुन् । उनीहरुले रावलका पर्चा बाँड्नेहरुबाट पर्चा खोसेका छन् ।

    रावल पक्षधरले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । आचारसंहिताविपरीत भएको भन्दै हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका रावलका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोसेका हुन् ।

    साथै, रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकालेका छन् ।

    आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    प्रतिकृया दिनुहोस