• फिचर समाचार

    झापामा डुबेर एक बालकसहित दुई जनाको मृत्यु

      ओमकार


    झापा । झापामा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रवार दिउँसो भारत फूलबरिया घर भई हाल गौरीगञ्ज गाउँपालिका–६ तिनटोलीयास्थित मामा घरमा बस्दै आएका विष्णु महतोको छोरा ६ वर्षीय आकाशको गेउरीया खोलामा डुबेर मृत्यु भएको छ।

     

    खोलामा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि महतोलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल लगेकोमा उनको मृत्यु भइसकेको चिकित्सकले जानकारी गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

     

    त्यसैगरी मेचीनगर नगरपालिका–१३ स्थित सिमसार क्षेत्र रहेको चाराआली–भद्रपुर भित्री सडक खण्ड देखि बायाँ साइडमा पानी जमेको खाल्डोमा डुबेर एक अपरिचित व्यक्ति मृत अवस्थामा फेला परेको छ।

     

    नामथर खुल्न नसकेको अन्दाजी ३५ वर्षीय पुरुष खाल्डोमा घोप्टो परेको अवस्थामा मृत फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए।

     

    मृत व्यक्तिको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बता। दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस