• राजनीति

    नेपाली कांग्रेस काठमाडौँको सभापतिमा बानियाँ

      ओमकार टाइम्स

    काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे।

    यस्तै, उपसभापतिमा राजकुमार नकर्मी ९१८२९० र गोकर्ण केसी ९१९२२०, सचिवमा इन्द्रबहादुर थापा ९१९१५० र गोविन्द पुडासैनी ९१८१७० र सहसचिवमा रोमेल श्रेष्ठ ९१७७५० र प्रा डा अमिता प्रधान ९२०६६० मत ल्याई निर्वाचित भए ।

    सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।

    प्रतिकृया दिनुहोस