• समाचार

    एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध

      ओमकार टाइम्स

    चितवन : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो ।

    मनोनयनको म्याद सकिँदासमेत उक्त पदमा कसैको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् ।

    तर निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

    त्यस्तै आइतबार राति ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नपरेकामध्येबाट उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।

    प्रतिकृया दिनुहोस