• देश

    फिरोज खानको हत्यामा श्रीमती नै संलग्न : यसरी बनेको थियो गोली हाने योजना

      ओमकार


     

    बुटवल। बुटवलका फिरोज खानको हत्या उनकै श्रीमती सँलग्न रहेको प्रमाण प्रहरीले फेला पारेको छ ।

     

    श्रीमती साहिन खातुनको योजनामा भारत बिहारका ४२ वर्षीय साधिर हुसेनले गोली हानी फिरोजको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए ।

     

    मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए । मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ । हुसेन भने फरार छन् ।

     

    वर्कसपमा काम गर्ने फिरोज श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए । यही क्रममा साहिनको भिनाजु नाता पर्ने साधिरसँग पटक–पटक भेट हुन्थ्यो । दुवैबीच प्रेमसम्बन्ध गाँसिएको थियो ।

    गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्छ । योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् । दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्पसपबाट काम गरेर आएका फिरोजलाई गोली हानी फरार हुन्छन् ।

    प्रतिकृया दिनुहोस