• विदेश

    ओमिक्रोनका कारण अहिले नै लकडाउन गरिहाल्नुपर्ने स्थिति छैनः बाइडेन

      एजेन्सी


    अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन् ।

    बाइडेनले ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण त हो त तनावको कारण नभएको बताएका छन् । यो बयान बाइडेनले उत्तरी अमेरिकामा ओमिक्रोनको संक्रमण देखिएपछि दिएका हुन् ।

    उनले भने, ‘यदि मानिसहरुले भ्याक्सिन लगाएका छन् र मास्क लगाइरहेकमा छन् भने अहिले नै लकडाउन गर्नुपर्ने स्थिति छैन ।’

    क्यानडामा ओमिक्रोन भेरियन्ट भेटिएको छ र अमेरिकाले सावधानी स्वरुप आठ अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ ।

    राष्ट्रपति बाइडेनको संक्रमण रोक्ने बचन र खोप अभियानपश्चात् पनि अमेरिकामा अघिल्लो वर्षको तुलनामा यसवर्ष कोभिडका कारण धेरैको मृत्यु भएको छ ।

    सोमबार ह्वाइट हाउसमा राष्ट्रपतिले भने, ‘दक्षिण अफ्रिकामा पाइएको ओमिक्रोन भेरियन्ट कुनै न कुनै बेला अमेरिकामा पनि आउनेछ र यसलाई रोक्न सकिँदैन ।’

    उनका अनुसार भ्याक्सिन कम्पनीले भविष्यको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ खोपका लागि योजना बनाइरहेका छन् ।

    अघिल्लो हप्ता अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीबाट उडानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । क्यानडा, बेलायत, युरोपेली संघ र अन्य देशले पनि दक्षिणी अफ्रिकासँग यात्रा प्रतिबन्ध लगाएका छन् ।

     

    प्रतिकृया दिनुहोस