• मुख्य

    थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुग्यो,

      ओमकार टाइम्स

    काठमाडौँ । नेपालले कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप प्राप्त गरेको छ ।

    कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६० लाख डोज खोप मध्येको पहिलो खेप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुगेको हो ।

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने भनेको ६० लाखमध्येको पहिलो खेप आइपुगेको बताए ।

    थप दुई खेप खोप यसै साता आइपुग्ने उनले जनाए ।

    प्रतिकृया दिनुहोस