• अर्थ

    नेप्सेमा मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

      ओमकार टाइम्स


    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

    बैंकको १७.५७५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ७१ रूपैयाँ ६४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ७२ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, हिजो (मंसिर १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुँदैछ । सभामा बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

    61a6d9c82672c.JPG

    प्रतिकृया दिनुहोस