• मुख्य

    टिकट बुकिङ नगर्न हवाई कम्पनीलाई जापानको आग्रह

      ओमकार टाइम्स

    टोकियो । जापानको यातायात मन्त्रालयले नयाँ हवाई टिकट बिक्री नगर्न हवाई कम्पनीहरुलाई आग्रह गरेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रेन संक्रमण पुष्टि भएसँगै विदेशीलाई रोक लगाएको जापानले हवाई कम्पनीहरुलाई अन्तर्राष्ट्रिय उडानका नया टिकट बुङि नगर्न आग्रह गरेको हो ।

    यस अघि जापानले मुलुक प्रवेश गर्न खोज्ने बिदेशीलाई रोक लगाउने र १ दिनमा ३ हजार ५०० जनालाई मात्रै प्रवेश गर्ने निर्णय गरेको थियो ।

    अफ्रिकी मुलुक नामिबियाबाट प्रवेश गरेका एक विदेशी मानिसमा ओमिक्रोन सक्रमण पुष्टि भएपछि जापानले यस्तो निर्णय गरेको हो । यसैबीच यहाँ अर्का एक विदेशीलाई भाइरस संक्रमण पुष्टि भएको छ ।

    केहि दिनअघि जापानको नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका ती व्यक्तिलाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण देखिएको हो । योसहित जापानमा ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या २ पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस