• मुख्य

    ओमिक्रोन त्रासः सरकाले भन्यो– अत्यावश्यक कामबाहेक विदेश नजानू

      ओमकार टाइम्स

    काठमाडौं — सरकारले अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह गरेको छ ।

    अफ्रिकी मुलुकमा देखिएको ओमिक्रोन भेरिएन्ट विभिन्न देशमा फैलिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दैै अत्यावश्यक कामबाहेक विदेश नजान र सावधानी अपनाउन आग्रह गरेको हो ।

    हालसम्म उक्त भेरिएन्ट नेपालमा फेला नपरेको र आवश्यक निगरानी र परिक्षणको दायरलाई फराकिलो बनाइएको मन्त्रालयले जनाएको छ ।

    उक्त भेरिएन्टलाई नेपाल प्रवेश हुन नदिन मन्त्रालयले काम गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

    उक्त भेरिएन्ट संक्रमण रोक्न सबैलाई सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

    प्रतिकृया दिनुहोस