• विदेश

    चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

      ओमकार टाइम्स


    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

    समाचार संस्था रोयटर्सका अनुसार बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको भर्चुअल कार्यक्रममा ताइवानको संकट जापानको पनि संकट हुने बताए । ‘ताइवानको संकट जापानको पनि संकट हो ।

    यस्तो अवस्थामा जापान(अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ,’सम्बोधनका क्रममा आबेले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’

    पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन् ।

    गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा ठुलो गुटका प्रमुख मानिन्छन् । उनी अहिले पनि पार्टीभित्र निकै प्रभावशाली भूमिकामा रहेका छन् ।

    प्रतिकृया दिनुहोस