• समाचार

    एमआरपी वितरण मंसिर २८ गतेदेखि बन्द, त्यसपछि ई-पासपोर्ट अनिवार्य लिनुपर्ने

      ओमकार टाइम्स

    काठमाडौं ।आगामी मंसिर २८ गतेदेखि मिसेन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द हुने भएको छ ।

    विभागका प्रवक्ता शरदराज अरनका अनुसार त्यसपछि इलेक्ट्रोनिक पासपोर्ट मात्रै वितरण हुनेछ । सेवाग्राहले त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट ई-पासपोर्ट पाउनेछन् ।

    अनलाइन आवेदनमार्फत मिति र समय बुकिङ गरिएपछि सेवाग्राही बायोमेट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालय जानुपर्ने भएको छ । ‘मंसिर २८ गतेपछि अनिवार्यरुपमा ई-पासपोर्ट वितरण हुनेछ’ प्रवक्ता अरनले भने ।

    विभागले मंसिर १ गतेदेखि ई-पासपोर्ट लागू गर्न सुरु गरेको छ । विद्युतीय पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र वा सोको नम्बर लिएर विभागको वेबसाइटमा आवेदनमार्फत समय बुक गर्न सकिने भएको छ ।

    एमआरपीको टोकन लिने कार्य चाहिँ बुधबारदेखि बन्द भएको छ । एमआरपीको टोकन लिएकाले पनि ई-पासपोर्टको आवेदन दिन सक्ने भएका छन् ।

     

    प्रतिकृया दिनुहोस