• देश

    प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश  फर्किए

      ओमकार



    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश  फर्किएका छन्।

     

    साउन १४ गते मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किएका हुन्।

     

    पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा  राखेका कारण उनको इच्छा अनुसार अध्यक्ष प्रचण्ड दुबई गएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसहित छोरीहरु रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका थिए।

     

    सीता लामो समयदेखि बिरामी छिन्। अध्यक्ष दाहलले उनको सिंगापुरमा लामो उपचार गराएका थिए। त्यसपछि नेपालमै पनि सीता प्राकृतिक उपचार गरिएको थियो। श्रीमती दाहालमा प्रेसर, सुगर लगायतका समस्या छन्।

    प्रतिकृया दिनुहोस