• खेलकुद

    म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी

      ओमकार टाइम्स

    इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी भएका छन् ।

    घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि ३–२ को जित दर्ता गरेको हो । युनाइटेडका लागि ब्रूनो फेर्नान्डेसले एक तथा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।

    आर्सनलका लागि स्मीथ रोव र मार्टिन ओडिगार्डले गोल गरे । रोवले १३ औँ र मार्टिनले ५४ औँ मिनेटमा गोल गरेका हुन् ।युनाइटेडका लागि ४४ औँ मिनेटमा ब्रूनो तथा ५२ र ७० औँ मिनेटमा रोनाल्डोल गोल गरेका हुन् ।

    रोनाल्डोले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् । राति नै भएको खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेको छ । टोटनह्यामका लागि ६५ औँ मिनेटमा सन हेङ–मिनले गोल गरे । त्यसअघि ब्रेन्टफोर्डका क्यानोसले १२ औँ मिनेटमा आत्मघाति गोल गरेका थिए ।जितपछि टोटनह्याम १३ खेलबाट २२ अंकसहित छैटौँ र युनाइटेड १४ खेलबाट २१ अंकसहित सातौँ स्थानमा छ ।

    प्रतिकृया दिनुहोस