• देश

    अस्तापलको बेडसम्मै पुग्छन् कुकुर

      ओमकार


    उर्लाबारी  । तपाईंले तस्बिरमा देखिरहनु भएका यी कुकुर विरामी भएर पुगेका होइनन्। र, यो कुकुरको अस्पताल पनि होइन। यो त मोरङको मंगलबारे अस्पतालको आकष्मिक कक्षको दृश्य हो।  जहाँ मानिसको उपचार गरिने आकष्मिक कक्षामा कुकुर आरामले विश्राम गरिरहेका छन्।

     

     

    उनीहरूको विश्रामस्थल भएको विरामी राख्ने बेडमुनि भुइँ। एक साता अघिमात्रै उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोले मंगलवारे अस्पतालको व्यावस्थापन कमजोर भएको भन्दै व्यावस्थापन सुधार्न निर्देशन दिए । फागोको निर्देशनपछि पनि मंगलवारे अस्पतालको लापरवाही उस्तै रहेको उदाहरण भेटिएको छ । उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकष्मिक कक्षको बेडसम्मै निर्वाधरुपमा कुकुर पुगिरहेका छन्।

     

    त्यहाँ पुगेका कुकुर ढुक्कले सुत्छन्। विरामी सुताउने बेडमुनि कुकुरले ‘अड्डा’नै जमाएका भेटिन्छन्। स्थानीय सेवाग्राहीका अनुसार अस्पतालको फोहर व्यावस्थापन पनि नियमित हुँदैन।

     

    विरामीलाई झन् विरामी पार्ने फोहर व्यावस्थापन नभएका बेला कुकुर नै विरामी कुर्न आएको भन्दै स्थानीयले हाँसोका विषय बनाइरहेका छन्। केही समयअघि योग्य व्यक्ति भन्दै मेयर फागोले अस्पताल वयवस्थापन समितिको अध्यक्षमा वडा नम्बर ५ का वडाध्यक्ष भानु पराजुलीलाई चयन गरेका थिए ।

     

    तर, उनको कार्यक्षमताले अस्पतालमा कुनै परिर्वतन देखाएको छैन। जिल्लाको नमूना अस्पताल बनाउने प्रतिवद्धता गरेका पराजुली अस्पताल व्यावस्थापन अध्यक्ष बने पनि सुधार सुधारको कुनै पहल गर्न नसकेको स्थानीयको भनाइ छ।

    प्रतिकृया दिनुहोस