• समाचार

    आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइयो : अभियोग पुष्टि भए आजीवन कारावास हुनसक्ने

      ओमकार टाइम्स

    समाचार संस्था एएफपीका अनुसार म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।

    नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ । उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ।

    उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्‍याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ।गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो।

    त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।

    प्रतिकृया दिनुहोस