• देश

    संसदीय समितिमा किन भक्कानिए याेगेश भट्टराई ?

      ओमकार


    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएपछि पहिलाेपटक याेगेशकुमार भट्टराई संसदीय समितिमा उपस्थित भए।

     

    आइतबार प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बधाई ग्रहण गर्न आएका मन्त्रीभट्टराई विस २०४३ सालकाे एक घटना सम्झिएर भावुक भए।

     

    जसले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि भक्कानिए। ‘२०४३ सालमा पार्टीले नगर पञ्चायत चुनावलाई उपयोग गर्ने नीति लिएकाे थियाे। त्यतिबेला हामी रातबिरात प्रचारप्रसारमा लाग्थ्याैँ।

     

    त्यसैक्रममा म बिरामी भएँ’, भावुक हुँदै याेगेशले भने, ‘टिचिङ अस्पतालमा उपचारका क्रममा डाक्टरले मेरो आश मारिसकेका थिए।’

     

    आँसु पुछ्दै याेगेशले भने, ‘त्यतिबेला उहाँको स्पर्श मिलेको थियाे। म त्यसबाट फर्किएर आएकाे हाे।’ याेगशले त्याे घटनाको व्याख्या गरिरहँदा नेता नेपाल पनि भक्कानिएका थिए।

     

    याेगेशले आफ्नो र माधवकुमार नेपालकाे सम्बन्ध शिक्षक र विद्यार्थी तथा गुरु र चेलाकाे जस्तो भएको पनि सम्झिए। उनले नेकपाका सांसद अग्निप्रसाद सापकाेटासँग सिन्धुपाल्चोककाे चाैतारा जेलमा २०४६ सालकाे स्मरण पनि सुनाएका थिए।

    प्रतिकृया दिनुहोस