• समाचार

    प्रधानन्यायाधीशको परिवारबाट न्यायालयमा विचौलियाको संरक्षणः अध्यक्ष श्रेष्ठ

      ओमकार टाइम्स

    काठमाडौं । नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ ।

    बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

    बिरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए ।

    अध्यक्ष श्रेष्ठले भने, ‘परिवारबाट नै विचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्र समशेर जबराबाट । यो चोलेन्द्र समशेर जबराको विचौलिया पनलाई रोक्नका लागि विचौलिया रोक्ने संयन्त्र बनाउनको लागि पनि प्रतिवेदन दिएका छन् ।

    तर उनी विचौलिया रोक्नको लागि तयार छैनन् । भ्रष्टाचार रोक्नको लागि तयार छैनन् । विसंगति रोक्नको लागि तयार छैनन् । बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानून र नैतिकताको आधारमा उहाँलाई बहिर्गमन गराउनको लागि हामीले धेरै पहल गरिरहेका छौँ ।

    हामीले जसलाई भेट्यौँ उहाँहरुले चोलेन्द्र समशेरलाई निकाल्नु पर्ने कुरा भन्नुभएको छ । न्यायालयमा स्वच्छता भएन भन्ने कुरा गर्नुभएको छ ।’

    प्रतिकृया दिनुहोस