• पत्र-पत्रिका

    सेटिङमा काठमाडौंको नयाँ बसपार्क कब्जा भएको खुलासा

      ओमकार


    काठमाडौं । काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ।

     

    ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजेश बर्मा र निर्दाेष घोरसाइने मिलेर लेखेका छन्।

     

    तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोलमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो।

    प्रतिकृया दिनुहोस